डा.गोविन्द केसीका समर्थकहरुले गरे माइतीघरमा प्रदर्शन

डा.गोविन्द केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले माइतीघर मण्डलामा समर्थकहरुले प्रदर्शन गरेका छन्। समर्थकहरुले पीपीइ, भाइजर र प्लेकार्ड बोकेर भारी वर्षामा रुझ्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन्।

डा.गोविन्द केसीका समर्थकहरुले निषेधित क्षेत्र तोड्दै उनको सत्याग्रहको ११ औँ दिन पनि माइतीघर मण्डलामा प्लेकार्डसहित प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गर्दै हस्तक्षेप गरेको थिए। प्रदर्शन गर्ने क्रममा केसीका समर्थक र प्रहरीबीच केहीबेर निषेधित क्षेत्र तोड्ने क्रममा तनावको स्थिति सिर्जना भएको थियो।

उनीहरुले कर्णाली स्वास्थ्‍य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस अध्‍ययन सुरु गर्न माग गरेका थिए। उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments