काठमाडौं उपत्यकाकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७४२  जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या  ५४ ,६४० पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ८१७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  ६४९,ललितपुरमा  १३२  ,भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाकामा थप १ मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।

हालसम्म संक्रमित हुनेको संख्या  ७४,७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ४  जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४८१  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  १९, ६२४ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments