काठमाडौंमा सभा–जुलुस नगर्न स्थानीय प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments