दाहाल-नेपाल समूहको आज आमहड्ताल

काठमाडौँ: नेकपाको दाहाल-नेपाल समूहले आज संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा आमहड्ताल घोषणा गरेको छ ।लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल-नेपाल समूह आमहड्तालमा उत्रिएको हो ।आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ ।

आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् ।दाहाल-नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको सामाखुसीबाट मात्रै पाँच जना पक्राउ परेका छन् ।नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ का अनुसार सामाखुसीबाट मिलन तमाङ, समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई तत्काल रिहा गर्न सापकोटाले माग गरेका छन् ।आमहड्तालमा तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसल, परीक्षार्थीहरूलाई भने अवरोध नगरिने संघर्ष समितका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments