हरभजन सिंह आईपीएल २०२० बाट बाहिरिए


हरभजन सिंह २०२० आईपीएलबाट बाहिर खेल्ने दोस्रो चेन्नई सुपर किंग्स खेलाडी बनेका छन्। वरिष्ठ अफस्पिनरले फ्रान्चाइजीलाई जानकारी गराइसकेका छन् कि उनी युएई भ्रमण गर्ने छैनन्। उनले केहि बेक्तिगत कारणले गर्दा आइपिएलमा भाग लिन नसक्ने जानकारी गराएका छन् ।

“व्यक्तिगत कारणहरुले गर्दा मैले आईपीएलबाट नाम फिर्ता लिएको छु” सिंहले बताएका छन्। “म कठिन समयबाट गुज्रिरहेको छु जुनकुरामा म गोप्यता चाहन्छु। चेन्नाई टिम व्यवस्थापनले मलाई निकै साथ दिएको छ र म टिमलाई आईपीएलको सुभकामना दिन्छु। जय हिन्द” सिंहले ट्वीटरमा लेखेका छन्।

पहिलो टोलीका दुई खेलाडीको अनुपस्थितिले चेन्नई सुपर किंग्सका कप्तान एम एस धोनीलाई बोझ बढाउनेछ। रैना भन्दा पनि धोनीको ठूलो चुनौती भनेको आईपीएलका एक सबैभन्दा अनुभवी र सफल बलर सिंहको योग्य प्रतिस्थापन खोज्नु हो।
सुपर किंग्ससँग रविन्द्र जडेजा, पीयूष चावला, कर्ण शर्मा, इमरान ताहिर, आर साई किशोर र मिशेल सन्तनर जस्ता स्पिनर छन् तर सिंहको अनुपस्थितिमा केदार जाधवको आंशिक समयको बलिङ्ग अफ्स्पिनको विकल्प हुने छ|

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments