ओजिलले रोजे आफ्नो ड्रिम ११ टिम

इङ्लिस प्रिमिएर क्लब आर्सनलका मिड फिल्डर मुसेट ओजिलले आफ्नो ड्रिम ११ टिम बताएका छन्। ट्विटरमा आफ्नो समर्थकको प्रश्नको उत्तर दिने क्रममा उन्ले उक्त टिम बताएका थिए।

ओजिलले आफ्नो टिममा रियल म्याड्रिडका पुर्व खेलाडी इकर क्यासिलसलाई गोलमा राखेका छन्। डिफेन्डरमा पुर्व बार्यन म्युनिखका खेलाडी फिलिप लहाम, बोएटिङ, रियल म्याड्रिडका कप्तान सेर्जियो रोमस र मार्सेलोलाई छनोट गरेका छन्। यस्तै जावी एलोन्सो, काज्रोला, डि मारिया, काका, क्रिस्टयानो रोनाल्डो र करिम बेन्जिमालाईपनि आफ्नो ड्रिम टिममा समावेश गरेका छन्।

ओजिल अहिलेसम्म साल्के, वेर्डर ब्रेमिन, रियल म्याड्रिडबाट खेलिसकेका छन्। अहिले उनी आर्सनलसँग आवद्ध छन्। उनले आफ्नो करियरमा ६५२ खेल खेल्दै ११२ गोल गरिसकेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments