सिपिएल फाइनल २०२०: ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्दै

केरेबियन प्रिमियर लिग(सिपिएल) २०२० को फाइनलमा आज ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्दै छन् । आज बेलुकी हुने खेल ब्रायन लारा क्रिकेट मैदानमा हुनेछ।

मंगलबार भएको सेमिफाइनल खेलमा दुवै टोलिले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान पक्का गरेका थिए। पहिलो सेमिफाइनलमा ट्रिबागो नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले पराजित गरेको थियो। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको ट्रिनबागोले जमैका विरुद्ध उत्कृष्ट ब्याटिङ बलिङ प्रदर्शन गरेको थियो। यता सेन्ट लुसिया जुक्सको पनि सेमिफाइनलको प्रदर्शन तारिफ योग्य थियो। उसले दोस्रो सेमिफाइनलमा गुयाना एमेजन वारियर्सलाइ १० विकेटले पराजित गर्दै फाइनलको टिकट काटेको थियो।

नाइट राइडर्सले जुक्सलाई समूह चरणको दुवै खेलमा पराजित गरेको थियो। पहिलो खेल ६ विकेटले जितेको राइडर्सले दोस्रो खेलमा २३ रनको विजय हासिल गरेको थियो।

खेलको अन्य जानकारी प्रतियोगिता:-
सिपिएल फाइनल २०२० टिम:- ट्रिनबागो नाइट राइडर्स विरुद्ध सेन्ट लुसिया जुक्स
नेपाली समय:- बेलुकी ७:४५ बजे
प्रत्यक्ष प्रशारण:- स्टार स्पोर्ट्स( Star Sports)

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments