क्रिकेट खेलाडीले पाए एक वर्षको तलब
नेपाल क्रिकेट संघले सिनियर खेलाडीको तलब पठाएको छ। आइसिसिले पठाएको १ वर्षको तलब क्यानले खेलाडीको खातामा पठाएको छ। खेलाडी र टेकनिकल एनालिस्टसहित २३ जनाको तलब क्यानले पठाइसकेको बताएको छ। पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ मा एकैचोटि प्राप्त गरेका थिए। क्यानको तलबमा १० हजार बढाउने प्रस्ताव स्विकार गरेपछि यसपटक तिनै ग्रेडका खेलाडीले १० हजार बढि तलब पाउनेछन्।

२०१९ जनवरी देखि डिसेम्बरसम्मको तलब वितरण गरिएको हो। पछिल्लो पटक राष्ट्रिय टिमका सदस्यहरुले २०१९ फेब्रुअरीमा तलब पाएपछि २० महिनासम्म तलब पाएका थिएनन्। क्यानलाई आईसीसीले गत महिना सम्पर्क गर्दै खेलाडीहरुको विवरण पठाउन बताएपछि क्यानले भदौ पहिलो साता खेलाडीहरुको सूची र अन्य विवरणहरु पठाएको थियो। २०२० को लागि भने अब क्यानले खेलाडीहरुको नयाँ वर्गीकरण गर्नेछ।
तलब विर्द्दी गरेपछि अब ए ग्रेडमा रहेका खेलाडीहरु कप्तान ज्ञानेद्र मल्ल, उपकप्तान दिपेन्द्र सिँह एरि, सोमपाल कामी,सन्दिप लामिछाने, करण केसि र विनोद भण्डारीले मासिक ४५ हजार रुपैयाँका दरले प्राप्त गर्नेछन्। बि ग्रेडमा रहेका वसन्त रेग्मी,सन्दिप जोरा,अभिनास बोहोरा,ललितनारायण राजवंशी,रोहित पौडेल,पवन सराफ,सुशन भारी र अरिफ शेखले मासिक ३५ हजार र सि ग्रेडमा रहने राजु रिजाल,कुशल भुर्तेल,इशान पाण्डे,प्रदिप एरि,रसिद खान,कुशल मल्लले मासिक २५ हजारको दरले पाउनेछन्।
