ट्रिनबागो नाइट राइडर्सलाई सिपिएल टि-२० को उपाधि

ब्रायन लारा स्टेडियममा सम्पन्न करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को फाइनलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्सले करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० को उपाधि जितेको छ। खेलमा पहिले ब्याटिंग गर्दै सेन्ट लुसियाले दिएको १५५ रनको लक्ष्य ट्रिनबागोले २ विकेट गुमाएर ११  बल बाँकी छदै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर टायन वेब्स्टर ५ रन तथा टिम सेफर्ट ४ रन बनाएर आउट भएपछि चौथो ओभरमा ट्रिनबागो १९/२ को अवस्थामा पुगेको थियो। त्यसपछि लेन्डल सिमोन्स र डेरेन ब्राभोले अविजित शतकीय साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। सिमोन्सले अविजित ८४ रन बनाउने क्रममा ४९ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। ब्राभोले ४७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए। करेबियन प्रिमियर लिग ( सिपिएल)को सबै १२ खेलमा ट्रिनबागो अपराजित रह्यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments