सेरेना विलियम्स लाई हराउदै बेलारुसकी भिक्टोरिया अजारेन्का यु यस ओपन टेनिस फाइनलमा

अमेरिकी खेलाडी सेरेना विलियम्स लाई हराउदै बेलारुसकी भिक्टोरिया अजारेन्का यु यस ओपन टेनिस को महिला सिङल्स तर्फको फाइनलमा प्रवेश गरेकी छ्न। उनको लागी यो पछिल्लो सात बर्षमा पहिलो ग्राण्ड स्लाम फाइनल हो ।

।आज बिहान सम्पन्न खेलमा अजारेन्काले सेरेना विलियम्सलाई ६ -१ ६-३ ६- ३ को सेटमा पराजित गरेकी हुन । पहिलो सेट ६-१ ले गुमाएकी अजारेन्का ले त्यस पछी उत्कृष्ट पुनरागमन गर्दै ६-३ र ६-३ ले हराउन सफल भइन ।

अब उनको भेट फाइनल जापानीज खेलाडी नाओमी ओसाका सँग हुने छ ।  जापानीज खेलाडी नाओमी ओसाका आजै राती सम्पन्न भएको खेलमा अर्की अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई हराउदै फाइनल प्रवेश गरेकी हुन । फाइनल खेल भोली शनिबार हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments