चेल्सीको बिजयी सुरुवात

ईंग्लिश प्रेमिएर लिगमा चेल्सीले सुखद सुरुवात गरेको छ। ब्राइटनको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले ब्राइटन एन्ड होब अल्बाइन लाई ३-१ गोल अन्तर ले हरायो। चेल्सीको लागी जोर्जिन्हो, रेसे जेम्स र कुर्ट जुमाले १- १ गोल गरे।  खेलको २३ औ मिनेटमा चेल्सीका स्ट्राइकर टिमो वेर्नरलाई ब्राइटनका गोल किपरले डि बक्स भित्र लडाए पछी चेल्सीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै जोर्जिन्होले गोल गरे ।

।पहिलो हाफमा चेल्सीले अरु केहि राम्रा मौका पाए पनि सदुपायोग गर्न सकेन। दोश्रो हाफको ५४ मिनटमा ब्राइटनका ट्रोसोर्बले उत्कृष्ट गोल गदै खेल बराबरीमा लिए तर त्यसको १ मिनट नहुँदै चेल्सीका रेसे जेम्स  ३० यार्ड बाहिर बाट हानेको उत्कृस्ट सट गोलमा परिणत भयो भने ६६ औ मिनटमा कुर्ट जुमाले गोल गर्दै खेल ३-१ को अवस्थ मा पुराए।

खेलमा त्यस पछी कुनै गोल हुन सकेन र खेल चेल्सीलाई पुरै ३ पोइन्ट पाउन प्रायप्त भयो। यसै सिजन चेल्सी आएका जर्मनी इन्टरनेसनल खेलाडी टिमो वेर्नर र काइ हाबर्ड्ज ले डेब्यु गरेका थिए।

यस्तै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडमाथि २–० को जित रच्न सफल रह्यो।उल्भ्सले भने छ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । राउल जिमिनेज र रोमेन साइस उसका लागि गोलकर्ता रहे ।  ब्रामल लेनमा उल्भ्सले तेस्रो र छैटौं मिनेटमा गोल गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments