डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलको बिजय यात्रा जारी

डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलले आफ्नो घरेलु मैदानमा भएको खेलमा आर्सनललाई हराउदै ३ अंक जित्न सफल भएको छ।

खेलको तेस्रो मिनेटमै खराब फाउल गरेपछि लिभरपुलका स्टार खेलाडी मानेले पहेँलो कार्ड पाएका थिए । लिभरपुलले पहिलो हाफमा अग्रता लिने धेरै अवसर पाए पनि त्यसको सदुपयोग गर्न असफल रह्यो । खेलको १५ औ मिनेटमा मानेको प्रहारलाई बचाउ गर्दै आर्सनलका गोलकिपर लेनोले आफ्नो टिमलाई १-० ले पछि पार्नबाट बचाए । खेलको २१ मिनेटमा लिभरपुलका डिफेन्डर एलेकजान्दर आर्नोल्ड ले प्रहार गरेको बल पोष्टमा लागेर फर्किए पछि लिभरपुलले १-० को अग्रता लिने अर्को अवसर गुमाउन पुग्यो ।

खेलको २५ औ मिनेटमा लिभरपुलका डिफेन्डर रोर्बटसनको खराब डिफेन्डिङ्ग का कारण लिभरपुल खेलमा १-० ले पछि पर्यो । आर्सनलका लागि फ्रान्सेली स्टाइकर लाकाजेटले गोल गरेका थिए तर आर्सनलले आफुले लिगेको अग्रता जोगाउन असफल रह्यो । खेलको २८ औ मिनेटमा सल्हाले प्राहर गरेको बल आर्सनल गोलकिपरले बचाउन सफल भए पनि रिबाउन्डमा मानेले गोल गर्दै लिभरपुलले खेलमा १-१ को बराबरी गर्न सफल भयो । खेलको ३४ औ मिनेटमा एलेकजान्दर आर्नोल्डको क्रसमा पाएको मौकाको सदुपयोग र्गदै रोर्बटसनले आफ्नो टिमलाई २-१ को अग्रता दिलाए ।

निकै शान्त रहेको दोस्रो हाफमा दुव‌ै टिमले गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग र्गन असफल रहे । लिभरपुलका लागि माने , सल्हाले केही मौका पाए पनि सदुपयोग गर्न असफल रहे। खेलको ६२ औ मिनेटमा लिभरपुल डिफेन्डर भान डाइकले गरेको प्रहार लेनोले बचाउ गरे । त्यस्तै खेलको ६३ औ मिनेटमा पाएको सुनौलो अवसरलाई आर्सनलका स्टाइकर लाकाजेटले सदुपयोग गर्न असफल रहे । लिभरपुलका गोलकिपर अलिसने उत्कृष्ट बचाउ गर्दै आफ्नो टिमको २-१ को अग्रता कायम राख्न सफल रहे ।

खेलको ८४ औ मिनेटमा साल्हाको उत्कृष्ट पासलाई डियगो जोटाले गोलमा परिणत गर्न असफल भए । खेलमा ८६ औ मिनेटमा सल्हाले अर्को गोल गर्ने अवसरलाई सदुपयोग गर्न असफल रहे । खेलको ८८ औ मिनेटमा रोबर्टसनको क्रसलाई आर्सनलका डिफेन्डर लुइजले किल्यर गरे पनि बल लिभरपुका डियगो जोटाले पाए पिछ सो अवसरलाई गोल गर्दै उनले लिभरपुललाई खलेमा तिन अंक पक्का गराए । खेलमा पाएको केहि अवसरलाई सदुपयोग गर्न नसक्दा लन्डन कल्ब आर्सनल डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल सँग ३-१ को हार बेहोर्न बाध्य भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments