युक्रेनको पोस्टमा फ्रान्सको ७ गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकप विजेता फ्रान्सले युक्रेनमाथी ७-१ गोलको फराकिलो जित जित दर्ता गरेको छ। बुधबार राती घरेलु मैदानमा भएको खेलमा फ्रान्सको जितमा ओलिभर जिरुउडले दुई तथा इडुवार्डो कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले १-१ गोल गर्दा एक गोल उपहार पाएको थियो।

युक्रेनका भिक्टोरले गरेको गोल सान्त्वनामा सिमित भयो । फ्रान्सले खेलको नवौं मिनेटमा इडुआर्डो कामाभिंगाको गोलमा अग्रता लिएको थियो। २४ औ मिनेटमा अलिभर जिरुउडले गोल गर्दै फ्रान्सलाई २-० गोलले अगाडी बढाए। ३४ औ मिनेटमा जिरुउडले व्यक्तिगत दोस्रो गोल गर्दै देशको लागि सार्वधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका हुन् ।

उनले फ्रान्सको लागि १०० खेलमा ४२ गोल गरिसकेका छन्। ३९ औ मिनेटमा भिटाली माइकोलेन्कोले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफमा ४-० गोलले अगाडि बढेको थियो।
दोस्रो हाफमा ५३औं मिनेटमा पाहुना टोलीका भिक्टोरले गोल गर्दै युक्रेनलाई ४–१ को स्थितिमा ल्याएका थिए।

तर त्यस्को १० मिनेट बित्न नपाउदै कोरेन्टिन टोलिसोले गोल गर्दै फ्रान्सलाई ५-१ गोलले अगाडी बढाए । ८२औं मिनेटमा एमबाप्पेले गोल गरेपछि फ्रान्सले खेलमा ६–१ को अग्रता लियो। खेलको अन्तिम मिनेटमा एन्टोइन ग्रिजमले गोल गर्दै फ्रान्सलाई ७–१ को फराकिलो जित दर्ता गराए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments