मुम्बईलाई उछिन्दै दिल्ली शिर्ष स्थानमा

दिल्ली क्यापिटल्स राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग(आइपिएल)को शिर्ष स्थानमा उक्लिएको छ।

बुधवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जित्दै पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो। ओपनर शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन जोडे। कप्तान श्रेयस आयरले ४३ बलमा ५३ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरे।

राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै १९ रन दिएर सार्वधिक ३ विकेट लिए। जयदेव उनड्कान्तले २ विकेट लिदा कार्तिक ट्यागी र श्रेयस गोपालले समान एक विकेट लिए।
१६२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनाउन सक्यो।

राजस्थानको लागि बेन स्टोक्सले सार्वधिक ४१ रन बनाए। उनले ३५ बलमा ६ छक्का प्रहार गरे। जोस बट्लर ९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २२ रण जोडे। सन्जु सम्सन १८ बलमा २ छक्काको मद्दतमा २५ रन बनाएर आउट भए।

रोविन उथप्पाले ३२ रन जोडे। उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अनरिच नोर्त्जे रतुसार देशपाण्डेले २-२ विकेट लिदा रबडा, अश्विन र अक्सर पटेलले समान १ विकेट लिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments