आज लिभरपुल र एभर्टन बिच भिडन्त

इङलिस प्रीमियर लिग अन्तर्गत मर्सेसाइड डर्बी भनेर चिनिने लिभरपुल शहर का मुख्य दुई प्रतिद्वन्द्वी क्लब लिभरपुल र एभर्टन बिच भिडन्त हुँदै छ।

ईन्टरनेस्नल ब्रेक पछि प्रीमियर लिगको यो पहिलो खेल हुने छ । चार खेलमा चार जित निकालेको एभर्टन लिग को शिर्ष स्थान मा छ भने लिभरपुल चार खेलमा तीन जित र एक हारको साथमा तालिकाको चौथो स्थानमा छ।यी दुई क्लब बिच भएको पछिल्लो दस खेलमा लिभरपुल पराजित भएको छैन ।

यो सिजन निकै उत्कृष्ट खेल लयमा रहेको एभर्टन र लिभरपुल को खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। पछिल्लो खेल मा एस्टोन भिल्ला सङ ७-२ को लज्जास्पद हार बेहोरेको लिभरपुल ले उत्कृष्ट कमब्याक गर्न चाहान्छ भने कार्लो एन्सेलोटी को टिम एभर्टन पनि आफ्नो उत्कृष्ट लय लाई जारी राख्न चाहान्छ।

एभर्टन को घरेलु मैदान गुडिसन पार्क मा हुने खेल नेपाली समय अनुसार साझ सबा ५ बजे सुरु हुने छ ।त्यस्तै आज हुने अन्य खेलमा चेल्सी बिरुद्ध साउथ ह्याम्टनको खेल राती पौने ८ बजे तथा आर्सनल बिरुद्ध म्यान्चेस्टर सिटि को खेल राती सबा दश बजे सुरु हुनेछ त्यस्तै आज राती पौने एक बजे हुने खेल मा न्यूक्यासल युनाईटेड र म्यान्चेस्टर युनाईटेड बिच पनि खेल हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments