चेन्नाईको खराब प्रदर्शन जारी, राजस्थान विजयी

इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नाई सुपर किङ्स राजस्थान रोयल्ससित ७ विकेटले पराजित हुँदै लिगमा सातौं हार बेहोरेको छ।

सोमबार सेख जायद रंगशालामा भएको खेलमा टस जिते ब्याटिङ गर्न उत्रिएको चेन्नाईले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर मात्र १२५ रन बनाउन सक्यो। चेन्नाईको लागि रविद्र जडेजाले सार्वधिक ३५ रन जोडे। उनले ३० बलमा ४ चौका प्रहार गरे। कप्तान महेन्द्र सिंह धोनिले २८ बलमा २ चौकाको मद्दतमा २८ रन जोडे।

राजस्थानको लागि जोफ्रा आर्चर, कार्तिक ट्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १-१ विकेट लिए। १२६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा १२६ रन बनाउदै सजिलै भेट्टायो।

राजस्थानको लागि जोस बट्लरले सार्वधिक ७० रन जोडे। उनले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्ताम स्टिभ स्मिथल्व २६ र बेन स्टोक्सल्व १९ रनको योगफल गरे। चेन्नाईको लागि दिपक चहारले ४ ओभर बलिङ गर्दौ १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिदा जोस हज्लेवडले १ विकेट लिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments