सोमपाल कामी पुनःए ग्रेडमा बढुवा
नेपाली रास्ट्रीय क्रीकेट टिम का तिब्र गति का बलर सोमपाल कामी लाई नेपाल क्रीकेट संघ क्यानले पुन ए ग्रेड मा बढुवा गरेको छ। आज बसेको क्यानको भर्चुअल बोर्ड बैठक द्वारा उक्त निर्णय गरिएको हो।

यस अघि भएको खेलाडी वर्गीकरणमा सोमपाल कामीलाई बि ग्रेडमा राखीएको थियो तर क्यान को उक्त निर्णय लाई लिएर सर्बत्र बिरोध भएपछि नेपाल क्रीकेट संघ क्यान उक्त निर्णय सच्याउने निर्णय गरेको छ। अब आज कै दिन देखि उनले अरु ए ग्रेड का खेलाडी ले जस्तै पारिश्रमिक पाउने छ्न। यस्तै अर्का तीब्र गतिका बलर अभिनास बोहोरा लाई पनि ग्रेड सि बाट ग्रेड बि मा बढुवा गर्ने निर्णय पनि क्यान बोर्ड बैठक ले गरेको छ भने ललितनारायण राजवंशीलाई बी र सन्दीप जोरालाई सी ग्रेडमा राखिएको छ ।

यस्तै क्यानले महिला क्रिकेटर तर्फको वर्गीकरण पनि परिवर्तन गरेको छ।“महिला क्रिकेट खेलाडीतर्फ सरस्वति चौधरीलाई ग्रेड ‘बि’ मा, ममता चौधरी र सुमन खतिवडालाई ग्रेड ‘सी’ मा राख्ने निर्णय गरेको छ” राष्ट्रिय क्रिकेटर ममता चौधरी, सरस्वति चौधरी, शान्ति खतिवडालाई यस अघि वर्गीकरणमा समाबेश गरिएको थिएन।
२०१९ देखि राष्तिरी टिममै नपरेका शोभा आले ,रितु कनोजिया र ज्योति पाण्डे जस्ता खेलाडीलाई वर्गीकरणमा निरन्तरता दिईएको छ। यस्तै राष्ट्रिय टिमबाट डेब्युनै नगरेका अनुराधा चौधरी, कबिता जोशीलाई वर्गीकरणमा निरन्तरता दिईएको छ।
क्यानले नयाँ खेलाडीहरु थप्ने बाहेक पुरानो वर्गीकरणमा भने परिवर्तन गरेको छैनक्यानले वर्गीकरणमा खेलाडीहरु थप्दा यस अघि १ वर्षको लागि गरेको सम्झौता अवधि भने घटाएर ६ महिनाको लागि मात्र गर्ने निर्णय गरेको छ। यसको पछाडी क्यानले कोरोना महामारीलाई कारण देखाएको छ।
पुरुषतर्फ २० जना तथा महिलातर्फ २२ खेलाडीलाई सम्झौतामा राखिएको छ। पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ‘ए’ ग्रेडमा परेकाले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ मा परेकाले मासिक १० हजार पाउने छन्।
क्यानले सम्झौता गरेका खेलाडीहरु पुरुषतर्फ :
‘ए’ ग्रेड: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, ‘बी’ ग्रेड: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा ‘सी’ ग्रेड : सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा
महिलातर्फ : ए ग्रेड: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी ‘बी’ ग्रेड: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी ‘सी’ ग्रेड: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी
