बन्द प्रशिक्षणको लागि नेपाली क्रीकेट टिमको घोषणा केही नयाँ अनुहार
नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्न नेपाल क्रिकेट संघ ( क्यान ) ले २२ सदस्यीय टिमको घोषणा गरेको छ।क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजरमा राखेर मङ्सिर १० गते देखि बन्द प्रशिक्षण शिविर संचालन गर्न लागेको बताएको छ।
हालसम्म नेपालले खेल्ने आगामी खेलको तालिका भने सार्वजनिक भएको छैन।बन्द प्रशिक्षण अघि क्यानले घोषित २२ खेलाडी तथा प्रशिक्षक जगत टमाटाको मंसिर ८ गते पीसीआर परिक्षण गरिने बताएको छ। त्यसको लागि क्यानले खेलाडीहरुलाई संघमा सम्पर्क गर्न सुचित गरेको जानकारी गरएको छ। रिपोर्ट नेगेटिभ आएमा मात्र बन्दसत्रमा सहभागी हुन पाइने क्यानले बताएको छ।
केही नयाँ अनुहारलाई समेटेर नेपाल क्रीकेट संघ क्यानले रास्ट्रीय क्रीकेट टिम को घोषणा गरेको हो।कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्व मा घोषणा भएको टिम मा केही नयाँ युवा खेलाडीले समेत मौका पाएका छ्न ।
बन्द प्रशिक्षणमा बोलाइएको टिम :
ज्ञानेन्द्र मल्ल ( कप्तान),दिपेन्द्र सिंह ऐरि (उप कप्तान ),पारस खड्का,सोमपाल कामी,करण केसि,शरद भेषावकर ,बिनोद भण्डारी, सन्दिप लामिछाने,सुशन भारी श्रेष्ठ,पवन शराफ ,रोहित कुमार पौडेल,भुवन कार्की ,वसन्त रेग्मी ,ललित नारायण राजवंशि ,अभिनाश बोहोरा,कुशल मल्ल ,मोहम्मद आरिफ शेख ,सुबाश खकुरेल,राशिद खान,किशोर महतो,सन्दिप जोरा ,कमल सिंह ऐरि रहेका छ्न् ।
प्रशिक्षक – जगत बहादुर टमाटा
