अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टि ट्वान्टी मा भारतलाई १२ रनले हरायो

अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टि ट्वान्टी मा मंगलबार भारतलाई १२ रनले हराएको छ । यो घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतको ले २–१ जित्यो सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो ।

त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए ।यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे । जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् ।

पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन अब भारत र अष्ट्रेलिया बिच ४ खेल को टेस्ट सिरिज बाकी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments