गौतम बुद्ध कप : बाहिरियो बागमती, राप्ती र नारायणी फाइनलमा

गौतम बुद्ध कप टि-२० प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती टिमप्रतियोगिताबाट बाहिरीएको छ। बिनोद भण्डारी कप्तानीको राप्तीले ज्ञानेन्द्र मल्ल कप्तानीको बागमतीलाई ११ रनले पराजित गरेको छ।

लगातार दोश्रो खेलमा पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिर भएको छ। राप्ती र नारायणी फाइनल प्रवेश गरेका छन्। भोलि लिग चरणको अन्तिम खेलमा राप्ती र नारायणीले प्रतिस्पर्धा गर्नेछन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा राप्तीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले १९.४ ओभरमा ११८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

टस हारेर ब्याटिंग गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र बिनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए। कुशल भुर्तेलले ३, हरि चौहानले ५ रन बनाए।

ओपनर कुशल भुर्तेललाई पहिलो ओभरमा सोमपाल कामिले एलबिडब्लु आउट गरेपछि दोश्रो विकेटको लागि अर्का ओपनर अमित श्रेष्ठले शरद भेसावकरसंग ४० रनको साझेदारी गरे। सातौँ ओभरमा आक्रामक ब्याटिंग गरिरहेका शरदलाई सागर ढकालले स्टम्प आउट गरे।

तेश्रो विकेटको लागि अमितले कप्तान बिनोदसंग २९ रन जोडे। भण्डारीलाई ११ औं ओभरमा सागरले बोल्ड गर्दै दोश्रो शिकार बनाए। त्यसपछि एक किनार सम्हालीरहेका अमितलाई १२ औं ओभरमा राशिद खानले क्याच आउट गराए। १४ औं ओभरमा लोकेश बमलाई ललित राजबंशीले क्याच आउट गराए। हरि चौहान र कमल ऐरीले सातौँ विकेटको लागि २० रनको साझेदारी गरे।

ऐरीलाई बिक्रम सोबले १९ औं ओभरमा क्याच आउट गराए।बागमतीको बलिंगमा सागर ढकाल ( ४-०-१५-२ ) , सोमपाल कामि ( ४-०-२७-२ ) र राशिद खान ( ४-०-१७-२ ) ले समान २ विकेट लिए। बिराम सोब ( ४-०-३०-१ ) र ललित राजबंशी ( ४-०-३८-१ ) ले समान १ विकेट लिए।

बागमतीको लागि सोमपाल कामिले सर्वाधिक ३५, अनिल साहले २२, ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले समान १३, सुनिल धमलाले ११ तथा पवन सर्राफले १० रन बनाए। २० रनको ओपनिंग साझेदारी गरेपछि चौथो ओभरमा कप्तान ज्ञानेन्द्र मल्ललाई कमल ऐरीले क्याच आउट गराए।

सोहि ओभरमा अर्का ओपनर सुनिल धमलालाई पनि ऐरीले क्याच आउट गराए। तेश्रो विकेटको लागि रोहित पौडेल र अनिल साहले ३४ रन जोडे। नवौं ओभरमा अनिललाई भुवन कार्कीले तथा दशौँ ओभरमा रोहितलाई सुर्य तामांगले पेभेलियन फर्काए।

पाँचौ विकेटको लागि भिम शार्की र सोमपाल कामिले ३४ रनको साझेदारी गरे। १४ औं ओभरमा भिम रन आउट भए। १६ औं ओभरमा सोमपाललाई भुवन कार्कीले बोल्ड गर्दै राप्तीलाई खेलमा फर्काए। त्यसपछि पवन सर्राफ र बिक्रम सोबले सातौँ विकेटको लागि १८ रनको साझेदारी गरे। अन्तिम २ ओभरमा जितको लागि १६ रन आवस्यक हुँदा १९ औं ओभरको चौथो र छैठौं बलमा बिक्रम र पवन दुवैलाई अविनाश बोहराले पेभेलियन फर्काए।

उक्त ओभरमा बोहराले मात्र ३ रन दिएर २ विकेट लिएपछि अन्तिम ओभरमा जित्न १३ रन आवस्यक रहेको थियो। अन्तिम ओभरमा जितेन्द्र मुखियाले पहिलो र तेश्रो बलमा राशिद खान र सागर ढकाललाई पेभेलियन फर्काउदै १ रन मात्र खर्चेर टिमलाई जित दिलाए।

राप्तीको बलिंगमा जितेन्द्र मुखिया ( ३.४-०-११-२ ) , कमल सिंह ऐरी ( ४-०-४९-२ ) , भुवन कार्की ( ४-०-१६-२ ) र अविनाश बोहरा ( ४-०-१२-२ ) ले समान २ विकेट तथा सुर्य तामांगले १ विकेट लिए। खेलमा अविनाश बोहरा म्यान अफ ड म्याच चुनिए। राप्तीको बलिंगमा जितेन्द्र मुखिया (३.४-०-११-२) , कमल सिंह ऐरी ( ४-०-४९-२ ) , भुवन कार्की ( ४-०-१६-२ ) र अविनाश बोहरा ( ४-०-१२-२ ) ले समान २ विकेट तथा सुर्य तामांगले १ विकेट लिए। खेलमा अविनाश बोहरा म्यान अफ ड म्याच चुनिए। प्रतियोगिता अन्तर्गत सोमबार राप्ती र नारायणी बीच खेल हुनेछ। मंगलबार दुवै टिम बीच फाइनल खेल हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments