आर्सनल को हार को शिलशिला जारी

इङलिस प्रीमियर लिग मा खराब लय बाट गुज्रिरहेको आर्सनल एभर्टन संग २-१ गोल अन्तरले पराजित भएको छ । २०२०/२१ सिजन मा खेलेको १४ खेल मध्य आर्सनल को यो ८ औं हार हो ।

खेलको २२ औ मिनेटमा आर्सनल ले आत्मघाती गोल उपहार दिएपछि घरेलु टोलि एभर्टन ले अग्रता लियो तर आर्सनल का निकोलस पेपे ले पेनाल्टी मार्फत गोल गर्दै खेल १-१ को स्थिति मा ल्याउन सफल भए तर ४५ औ मिनेटमा यारी मिना ले गोल गर्दै एभर्टन ले अग्रता दिलाए दोश्रो हाफ मा कुनै टिम बाट पनि गोल हुन सकेन र खेलमा घरेलु टोलि एभर्टन ले २-१ जित्यो।

यो खेल पछि एभर्टन १४ खेल बाट २६ अङक को साथ मा लिग तालिका को दोश्रो स्थान मा उक्लन सफल भएको छ भने खराव लय बाट गुज्रिरहेको आर्सनल समान १४ खेल बाट १४ अङ्क को साथ मा लिग तालिका को १५ औं स्थान मा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments