म्यान्चेस्टर युनाईटेड लिग कप को सेमिफाइनलमा

एभर्टन लाई उसकै मैदानमा पराजित गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस नकआउट प्रतियोगिता काराबाओ कपको सेमिफाइनलमा पुगेको छ ।

खेलको अन्तिम केही मिनेट सम्हालिन नसक्दा एभर्टन पराजित हुनु पर्यो ।८८ मिनेट सम्म खेल गोल रहित बराबरी को स्थिति मा थियो तर युनाइटेड ८८ औं मिनेटपछि लगातार २ गोल गर्न सफल भयो ।

युनाईटेड ले ८८ औं र इन्जुरी समय को ९६ औ मिनेटमा गोल गरेको हो, उसको लागि एन्थोनी मार्सियल र इडिसन काभानीले १/१ गोल गरे। अब सेमिफाइनल मा म्यान्चेस्टर युनाईटेड को भेट म्यान्चेस्टर सिटी संग हुनेछ भने अर्को सेमिफाइनल टोटेनह्याम र ब्रेन्फोर्ड को बिच हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments