पुष २० देखि कोहलपुर ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने

यही पुष २० गते देखि २८ गते सम्म कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।प्रतियोगिताको आयोजक शारदा एजुकेसन पार्कले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयोजनाको अधिकारिक घोषणा गरेको हो।

प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्नेछ।बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन्। लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता बिभिन्न स्थानका १६ टोलिहरु नक आउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले पत्रकार सम्मेलनमा जानकारी गराए।”

पछिल्लो समय देशमै तथा कोहलपुर क्षेत्रमा क्रिकेट गतिविधिहरु कम छ त्यसैलाई मध्यनजर गर्दै तथा स्थानीय प्रतिभाहरुलाई एक्सपोजर प्रदान गर्न पनि प्रतियोगिता आयोजना गर्न अघि बढेका हौँ। कोहलपुर सहरलाई पनि खेल मार्फत पनि अघि बढाउदै ‘कोहलपुर क्रिकेट टुर्नामेन्ट’लाई प्रदेशकै उत्कृस्ट प्रतियोगिता बनाउने उद्देश्य पनि हो। त्यसैले स्तरीय प्रतियोगिता आयोजना गर्न स्थानीय युवाहरु प्रतिवद्ध भएर अघि बढेका हौँ।” गिरिले बताए।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरुको आयोजना हुनेछ।

कार्यक्रममा बोल्दै आयोजक शारदा एजुकेसन पार्कका प्रमुख रोनिस गौतमले आफ्नो संस्थाले खेलकुदलाई प्रबर्द्धन गर्दै आएको बताउदै यसलाई निरन्तरता समेत दिने बताए -“शारदा एजुकेशन पार्कले शिक्षा, खेलकुद लगायत नेपालको कला, जातजाति, धर्म तथा पर्यटन प्रवर्द्धन गर्ने किसिमको काम गर्दै आइरहेको छ .यो संस्थाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा युवा युवतीहरुलाई स्वावलम्बी बनाइसकेको छ जसलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ।” गौतमले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments