आइपिएल अक्सन को लागि नेपाल का सन्दिप लामिछाने मात्र छानिए

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने छानिएका छन ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप सहित ८ जना खेलाडीको नाम सिफारिस गरेको भएपनि सन्दिप बाहेक अरु सात जना अक्सन लिस्ट मा पर्न सकेनन ।

अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।

सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments