पारस खड्काको शतक , बाग्मती प्रदेश द्वारा आर्मी लाई २६७ रनको लक्ष्य प्रस्तुत

मेयर्स कप क्रिकेट मा बाग्मती प्रदेश ले त्रिभुवन आर्मी लाई २६७ रनको लक्ष्य दिएको छ । टि यु क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको बाग्मती ले ५० ओभरमा ९ विकेट गुमाउदै २६६ रन बनायो ।

बाग्मती को लागि पारस खड्का ले ११९ रनको उत्कृष्ट पारी खेले । ११ चौका र २ छक्का को मद्धत ले उनले आफ्नो शतक पूरा गरे । त्यस्तै नन्दन यादब ले २५ बल मा ४२ रन , इसान पान्डे २६ आदिल खान ले २१ रन बनाउनु बाहेक अरुले खासै गतिलो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ आर्मी का सोमपाल कामी ले ५ विकेट लिए त्यस्तै बिक्रम सोब जितेन्द्र मुखिया र करण केसि ले १/१ विकेट हात पारे अब २६७ रनको लक्ष्य लिएर त्रिभुवन आर्मी ले केही बेरमा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments