चेल्सी पाचौं स्थान मा उक्लियो

ईंग्लिश प्रीमियर लिग मा शेफिल्ड युनाईटेड लाई २-१ ले हराउदै चेल्सी पाचौं स्थान मा उक्लिएको छ । शेफिल्ड को घरेलुु मैदानमा भएको खेल मा चेल्सी लाई जिताउन मासोन माउन्ट र जर्गिन्हो ले १/१ गोल गरे । भने चेल्सी कै रुडिगर ले शेफिल्ड लाई आत्मघाती गोल उपहार दिएका थिए । पुराना प्रशिक्षक लाम्पार्ड हुदा लगातार खराब प्रदर्शन गरेको चेल्सी ले नया प्रशिक्षक थोमस टुचेल आएपछि निकै सुधारिएको प्रदर्शन गरिरहेको छ । उसले पछिल्लो ४ खेल मा ३ जित त १ बराबरी को नतिजा निकाल्दै राम्रो लय समाउदै गएको छ । यो जित संगै चेल्सी २३ खेल बाट ३९ पोइन्ट को साथ लिग तालिका को पाचौं स्थान मा उक्लिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments