पारस खड्का द्वारा अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास को घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन ।

मंगलबार बिहान एकाएक सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका हुन

‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन । अन्तर्राष्ट्रिय क्रिकेट बाट टाढा भएपनि नेपाली क्रिकेट को बिकास र बिस्तार मा सदैब आफ्नो साथ रहिरहने कुरा पनि उनले स्टाटस मा उल्लेख गरेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments