साउथह्याम्टन को पोस्ट मा युनाईटेड को ९ गोल

इङलिस प्रीमियर लिग मा म्यान्चेस्टर युनाईटेड ले साउथ ह्याम्टन लाई ९-० गोल अन्तर ले पराजित गरेको छ । युनाईटेड को घरेलुु मैदानमा भएको खेलमा साउथ ह्याम्प्टन निरीह साबित भयो । खेल सुरु भएको २ मिनेटमा नै १० खेलाडी मा सिमित भएको साउथ ह्याम्प्टन ले ९ गोल को भारी अन्तर ले खेल हार्न बाध्य भयो । यो म्यान्चेस्टर युनाईटेड को इतिहासकै सबैभन्दा फराकिलो जित हो । म्यान्चेस्टर का ७ जना फरक फरक खेलाडी ले गोल गर्दा १ गोल भने उपहार स्वरुप पाएको थियो । यो जित संगै म्यान्चेस्टर युनाईटेड २२ खेल बाट ४४ पोइन्ट को साथ लिग तालिका को दोश्रो स्थान मा रहेको छ । यस्तै हिजो भएको अर्को खेल मा आर्सनल भने उल्भ्स संग २-१ गोल अन्तर ले पराजित भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments