ट्राइ नेसन्स सिरिज बिजेता खेलाडीहरुलाइ सरकार ले जनही ४ लाख दिने

काठमाडौं मा केहिदिन अघि सप्पन्न त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई नेपाल सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छ्न । त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको पनि उनले बताए । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच त्रिकोणात्मक सिरिज मा नेदरल्याण्ड लाई १४२ रनले हराउदै ११ बर्ष पछि नेपाल ले घरेलुु मैदानमा उपाधी जितेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments