फ्रान्स बराबरी मा रोकियो

युरो कप फूटबल मा फ्रान्स हङ्गेरी संग बराबरी मा रोकिएको छ। हङ्गेरी को पुस्काअ एरिना मा भएको खेल १-१ गोल को बराबरी मा सकिएको हो । खेलमा अग्रता भने घरेलुु टोलि हङ्गेरी ले लिएको थियो । खेल को पहिलो हाफ को अन्तिम तिर अटिलो फियालो ले गोल गर्दै हङ्गेरी लाई १-० को अग्रता दिलाएका थिए तर दोस्रो हाफ को ६६ औं मिनेटमा फ्रान्स का लागि एन्टोइन ग्रीज्म्यान ले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र दुबै टोलि ले एक एक पोइन्ट बाडेका छ । पहिलो खेलमा फ्रान्स ले जर्मनी लाई १-० ले हराएको थियो भने हङ्गेरी पोर्चुगल संग ३-० ले पराजित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments