बार्सिलोना लाई पछि पार्दै सेभिया ला लिगा को तेस्रो स्थान मा

स्पानीस ला लिगा अन्तर्गत गएराती भएको खेलमा ओसासुना लाई २-० ले पराजित गर्दै सेभिया लिग तालिका को तेस्रो स्थान मा उक्लिएको छ । ओसासुनाको घरेलुु मैदान मा भएको खेलामा सेभिया को जितमा डिएगो कार्लोस र लुक डि जोङ ले १/१ गोल गरे । यो जित संगै सेभिया ले बार्सिलोना लाई पछि पार्दै ला लिगाको तेस्रो स्थान मा उक्लन सफल भयो । दोश्रो स्थान मा रहेको रियल म्याड्रीड भन्दा १ खेल कम खेलेको सेभिया को २३ खेल बाट ४८ पोइन्ट भएको छ । भने बार्सा को समान २३ खेल बाट ४७ पोइन्ट रहेको छ । ५५ पोइन्ट को साथ एट्लेटिको म्याड्रीड ला लिगाको शिर्ष स्थानमा रहेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments