यू- १९ विश्वकप क्रिकेट आजदेखी , नेपालको पहिलो खेल आइतबार

१५औं संस्करणको आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यो विश्वकपमा नेपाल सहित १६ वटा टोली सहभागि छन् । प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा परेको छ।

यसअघि श्रीलंका मा आयोजना तय भएको बिश्वकप लाइ आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि दक्षिण अफ्रिका सारिएको थियो ।

नेपाल ८ बर्ष पछि विश्वकपमा

नेपालले ८ वर्ष को लामो प्रतीक्षापछि यू–१९ विश्वकप खेल्दैछ । नेपालले पछिल्लो पटक २०१६ मा बाङ्लादेश मा भएको यू-१९ विश्वकप खेलको थियो ।
यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

कठिन समूहमा नेपाल

समूह डि मा रहेको नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् । आइसिसी ओडिआई वरियतामा नेपाल १५औँ, पाकिस्तान चौथो, न्यूजिल्याण्ड पाचौं र अफगानिस्तान नवौँ स्थानमा छन् । नेपालले पहिलो खेल आइतबारमा न्यूजिल्याण्डसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र जनवरी २६ अफगानिस्तान को सामना गर्नेछ। अघिल्लो विश्वकपमा पाकिस्तान क्वाटर फाइनल र अफगानिस्तान सेमिफाइनल सम्म पुगेका थिए ।

समूह को शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । यस पटक देखि प्रत्येक समूहबाट ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यस कारण सुपर सिक्समा पुग्न समूह चरणमा नेपाल ले एक खेलमा मात्र जित निकालेमा पनि नेपाल को सम्भावना बलियो हुनेछ । प्रतियोगिता सुरु हुनुभन्दा २ हप्ता अघि दक्षिण अफ्रिका पुगेको नेपाल ले दक्षिण अफ्रीकामा ४ वार्म अप खेल खेल्यो । २ अनौपचारिक र २ औपचारिक वार्म अप खेल खेलेको नेपाल एक खेल वर्षाले प्रभावित हुँदा ३ खेलमा जित हासिल गर्‍यो । नेपालले स्कटल्याण्ड र नामीबियालाई पराजित गरेको थियो ।

नेपालले पहिलो अनौपचारिक खेलमा स्कटल्याण्डलाई १ सय ३५ र दोस्रो अनौपचारिक वार्मअप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको थियो । पहिलो औपचारिक वार्म अप खेलमा नेपालले स्कटल्याण्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको दोस्रो औपचारिक वार्म अप खेल वर्षाले प्रभावित भएको थियो ।

सातौ कप्तान बन्दै देब खनाल

यु १९ बिश्वकप को अहिलेसम्म १५ औ संस्करण सम्म आइपुग्दा नेपाल को यो ८ औ सहभागिता हो । यसरी अहिले सम्म नेपाल बाट ६ जना कप्तान ले नेपाल यु १९ टिम को नेतृत्व गरिसकेका छ्न ।

सन २००० मा श्रीलंका मा भएको यु १९ बिश्वकप मा पहिलोपटक बिनोद दास ले नेपाली युबा टिम को नेतृत्व गरेका थिए भने सन २००२ मा न्युजिल्याण्ड मा भएको प्रतियोगितामा पनि स्वयं बिनोद नै नेपाल को कप्तान थिए । त्यस्तै सन २००४ मा शक्ति गौचन , २००६ मा कनिष्क चौलागाइ , २००८ मा पारस खड्का , सन २०१२ मा पृथु बास्कोटा ले र अन्तिम पटक सन २०१६ मा राजु रिजाल ले नेपाल यु १९ टिम को नेतृत्व गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments