शानदार जित सहित इटाली युरो कप को प्री क्वाटरफाइनल मा

युरोप कप २०२० मा प्री क्वाटरमा पुग्ने इटाली पहिलो देश बनेको छ । आफ्नो दोश्रो खेलमा इटाली ले स्विट्जरल्यान्ड लाई ३-० ले हरायो । इटाली को रोमा मा सम्पन्न खेलमा इटाली लाई जिताउन म्यानुयल लोकाटेली ले २ तथा किरो इमोबिले ले एक गोल गरे । यो संगै इटाली को अन्तर्राष्ट्रिय फूटबल मा अपराजित यात्रा २९ खेल पुगेको छ । समूह ए मा रहेको इटाली २ खेलमा ६ अन्क बनाउदै प्री क्वाटरफाइनलमा प्रवेश गरेको हो । उक्त ग्रुप मा वेल्स ४ पोइन्ट को साथमा दोश्रो स्थान मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments