चेन्नाईलाई हराउदै राजस्थानको विजयी सुरुवात
इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले चेनाई सुपर किंग्सलाई १६ रनले हराउदै आइपिएलमा विजयी सुरुवात गरेको छ। मंगरबार शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाउन सफल भयो।

राजस्थानको लागि सञ्जु स्यामसनले सनदार ब्याटिङ गरे। उनले ३२ बलमा १ चौका र ९ छक्काको मद्दतमा ७४ बनाए। उनले १९ बलमा अर्धसतक पूरा गरे। ओपनर स्टिभ स्मिथले ४७ बलमा ४ चौका र ६ छक्का सहित ६९ रनको कप्तानी इनिङ्स खेले। त्यसपछि ब्याटिङ गर्न आएका डेभिड मिलरले खाता खोल्न सकेनन्।

१५ औं ओभरमा पियुस चावलाले रेबिन उथ्प्पालाई आउट गरे। यस्तै अन्तिममा ब्याटिङ गर्न आएका जोफ्रा आर्चरले ८ बलमा ४ छक्का सहित २७ रन जोडेर अविजित रहे। चेन्नाईको लागि पियुस चावला महङ्गो सबित भए। उनले ४ ओभर बलिङ गर्दै ५५ रन खर्चेर १ विकेट लिए। यस्तै सम करनले सार्वधिक ३ विकेट लिदा दिपक चहर र लुन्गि एनगिडीले समान १/१ विकेट लिए।

जितको लागि २१७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाइ २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो। पहिलो विकेटको रुपमा चेन्नाईले वाट्सनलाई गुमाएको थियो। स्पिनर टेवाटियाको बलमा आउट भएका वाट्सान्ले २१ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ रनले जोडेम लगत्तै विजय पनि २१ रन जोडेर आउट भए।
त्यसपछि ब्याटिङ गर्न आएका करनले ६ बलमा १७ रन जोडेर आउट भए। आर्को बलमा डेब्यु खेल खेलेका रुतुराज गाइक्वादपनी आउट भए। १४ ओभरमा केदार जाधव २२ रनमा आउट भएपछि चेन्नाई अप्ठ्यारो स्थितिमा पुगेको थियो।

फाफ डुप्लेसीले आक्रमण ब्याटिङ गर्दै चेन्नाईलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर अन्य कुनै पनि खेलाडीको राम्रो साथ पाउन सकेनन्। लामो सट खेल्ने क्रममा उनी आर्चरको बलमा आउट भए। उनले ३७ बलमा १ चौका र ७ छक्काको मद्दतमा ७२ रन बनाए।
धोनीले १७ बलमा ३ छक्काको मद्दतमा २९ रन बनाएपनी टोलिलाई जित दिलाउन सकेनन्। राजस्थानको लागि टेवाटियाले सार्वधिक ३ विकेट लिदा आर्चर, गोपाल र करनले १/१ विकेट लिए यससँगै राजस्थानले पहिलो दित दर्ता गर्दा चेन्नाई २ खेलमा १ खेलमा जित र १ खेलमा पराजित भएको छ।