एस्टन भिल्लाको ७ गोल,डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलको लज्जास्पद हार
आज नेपाली समय अनुसार ००:०० भएको खेलमा एस्टन भिल्लाले डिफेन्डिङ्ग च्याम्पियन लिभरपुललाई ७-२ गोलको फराकिलो अन्तरले हार बेहोरेको छ । स्ट्राइकर वोले वाटकिन्स र मिडफिल्डर ज्याक ग्रिएलिस को उत्कृष्ट पर्दर्शन को मद्दतमा भिल्लाले डिफेन्डिङ्ग च्याम्पियन लिभरपुललाई लज्जास्पद हार चखाउनु सक्यो ।

खेलको ४ औ मिनेटमा ग्रिएलिस को पासमा वाटकिनसले खेलको पहिलो गोल गर्दै आफ्नो टोली भिल्लालाई १-० को अग्रता दिलाएका थिए । ग्रिएलिस कै अर्को पासमा वोले वाट्किनसले खेलको २२ औ मिनेटमा ब्यक्तिगत दोस्रो र भिल्लाको लागि पनि दोस्रो गोल गरेपछि भिल्ला २-० ले अगि बढ्यो । लिभरपुलका सलाह ले खेलको ३३ औ मिनेटमा गोल गर्दै खेललाई २-१ मा ल्याए पनि खेलको ३५ औ मिनेटमा एस्टन भिल्लाले खेलको तेस्रो गोल गर्न सफल भयो ।

भिल्लाको लागि म्याकगिन ले खेलको तेस्रो गोल गरे । वोले वाट्किन्स ले खेलको ३९ औ मिनेटमा ह्याटि्रक प्राहर गर्न सफल भए । एस्टन भिल्लाले पहिलो हाफमै ४-१ को फराकिलो अग्रता कायम गरेको थियो । दोस्रो हाफको ५५ औ मिनेटमा यसै हप्ता चेल्सीबाट लोनमा अनुबन्ध भएका रोस बार्क्ले ले खेलको ५ औ गोल गरे ।

लिभरपुलले खेलमा कमब्याक गर्ने कुनै मौका प्राप्त गर्न सकेन भिल्ला एक पछि अर्को गोल गर्दै गयो । खेलको ६० औ मिनेटमा लिभरपुलको सलाह ले आफ्नो टिमको लिग अर्को सान्त्वना गोल गर्दै खेललाई ५-२ गोल अन्तरमा लाए । ६६ औ मिनेटमा भिल्लाले अर्को गोल गर्यो वाट्किन्स को पासमा ग्रिएलिस ले खेलको ६ औ गोल गरे ।

खेलको ७५ औ मिनेटमा ग्रिएलिस ले फेरि अर्को गोल गर्दै भिल्लालाई ७-२ को अग्रता दिलाए । त्यस पछि खेलमा कुनै गोल हुन सकेन । भिल्लाको फराकिलो जितमा ग्रिएलिस ले ३ वटा गोलको मौका सिर्जना र २ गोल तथा वाट्किन्स ले ३ गोल र २ वटा गोलको मौका सिर्जना गरेका थिए ।

डिफेन्डिङ्ग च्याम्पियन लिभरपुललाई लज्जास्पद ७-२ गोल अन्तरले पराजित गरेको एस्टन भिल्ला ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ त्यस्तै डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल पनि ९ अंक नै भए पनि गोल अन्तरका आधारमा तालिकाको चौथो स्थानमा छ ।
