राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज
मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ अन्तिम साता कंचनपुरमा भएको दुर्घटनामा मिनीट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई मिनीट्रकले ठक्कर दिएको थियो। भण्डारीलाई उपचारको लागि धनगढी र कोहलपुर हुँदै काठमाडौँको ग्राण्डी हस्पिटलमा सोमबार ल्याइएको थियो।

ग्राण्डी अस्पतालमा उपचाररत रहेका भण्डारी मंगलबार बेलुका डिस्चार्ज भएको नेपाल क्रिकेट संघले जानकारी गराएको छ। दुर्घटनामा उनको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो भने। यस्तै कलेजोमा चोट तथा फोक्सोको छेउमा पनि थोरै रगत जमेको थियो।

भण्डारीको उपचारको लागि क्रिकेट खेलाडी संघ ( सीप्यानले ) संकलन सहयोग अभियान मार्फत जम्मा गरेको ६ लाख २८ हजार रुपैयाँ मंगलबार भण्डारीलाई हस्तान्तरण गरिएको छ। अभियानले कुल १० लाख ८ हजार संकलन गरेको थियो जसमा ३ लाख ८० हजार रुपैयाँ कोहलपुरबाट हेलिकप्टरमा काठमाडौँ ल्याउने सिम्रिक एयरलाई भुक्तानी गरिसकिएको सीप्यानले जानकारी गराएको छ।