बैंगलोरको जितमा कोहली नायक

रोयल च्यालेजर्स बैंगलोरले इन्डियन प्रिमियर लिग(आइपिएल)मा चौथो जित दर्ता गरेको छ। शनिबार भएको खेलमा बैंगलोरले चेन्नाई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बैंगलोरले पूरा २० ओभर खेल्दै १६९ रन बनाएको थियो।

बैंगलोरको लागि कप्तान विराट कोहलीले उत्कृष्ट इनिङ्स खेले। उनले ५२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ९० रन बनाए। यस्तै ओपनर देवदत्त पडिक्कलले ३४ बलमा ३३ रन जोडे।

चेन्नाईको लागि बलिङमा शर्धुल ठाकुरले ४० रन दिएर २ विकेट लिए। यस्तै दिपक चाहर र साम कुरानले १-१ विकेट लिए। १७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १३२ बनाउन सक्यो।

चेन्नाईको लागि अम्बती राउडुले सार्वधिक ४२ रन बनाए। उनले ४० बलमा ४ चौका प्रहार गरे। जगदेसान २८ बलमा ४ चौका सहित ३३ रन बनाएर रन आउट हुदा अन्य कुनै ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा हार बेहोर्न बाध्य भयो।

बैंगलोरको लागि डेब्यु खेल खेलेका क्रिस मोरिसले ४ ओभर बलिङ गर्दै १९ रन दिएर सार्वधिक ३ विकेट लिए। वासिङटन सुन्दरले २ विकेट लिदा उडाना र चहालको नाममा १-१ विकेट रह्यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments