म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ। म्यान्चेस्टर सिटीको गरेलु मैदान ईटिहाद स्टडियममा भएको खेलमा सिटी ले आर्सनल माथि १-० को जीत निकालेको हो।

सिटीको लागि खेलको पहिलो हाफको २३ औँ मिनेटमा रहीम स्टेर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए । सोही एक गोल नै निर्णायक गोल बन्दै सिटीले खेल १-०ले जित्न सफल भयो। पहिलो हाफमा १-० गोलले अग्रता लिएको सिटीले केही मौका हरु गुमाउदा दोस्रो गोल गर्न चुकेको थियो।

दोस्रो हाफमा भने सिटी भन्दा आर्सनल केही लयमा देखिन्थ्यो।आर्सनलले केही उत्कृष्ट मौका हरु बनाए पनि खेल बराबरी गर्न सकेको थिएन । प्रिमियर लिगमा चौथोँ खेल खेलेको सिटीको यो दोस्रो जित हो । आर्सनलले भने पाँच खेलमा दुई हार र तीन जित निकालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments