च्याम्पियनस लिग फुटबल आजबाट आरम्भ
युरोपीयन फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियनस लिग फुटबलको सिजन २०२०/२०२१ आजबाट सुरु हुदै छ । आज बाट पहिलो चरणको खेलहरु हुनेछ र आज ८ वोटा खेलहरु हुनेछन्।
समूह “जि” अन्तर्गत डाईनामो किभले आफ्नो घरेलु मैदानमा इटालियन लिग बिजेता टोली युभेनटसको सामना र्गनेछ । खेल नेपाली समय अनुसार २२:४० मा सुरु हुनेछ । नेपाली समय २२:४० मा रसियन कल्ब जेनिथ पिटर्सबर्गले बेल्जियम कल्ब ब्रगको स्वागत र्गने छ।
बाकी ६ वोटा खेलहरु नेपाली समय अनुसार मध्य राति १२:४५ मा सरु हुनेछ । स्पेनीस कल्ब बार्सीलोनाले आफ्नो घरेलु मैदानमा हङ्गेरीयन कल्ब फेरेन्कभारोसी को सामना र्गने छ। अर्को खेलमा फ्रेन्च लिग च्याम्पियन पि.एस.जीले म्यानचेस्टर युनाइटेडको सामना आफ्नै घरेलु मैदानमा गर्नेछ।
त्यस्तै अर्को खेलमा लन्डन कल्ब चेल्सीले आफ्नो घरेलु मैदानमा स्पेनीस कल्ब सेभिलाको स्वागत गर्दैछ । इटालियन कल्ब लाजियोले जर्मन कल्ब बोरोसिया डर्ट्मन्डको सामना र्गनेछ । जर्मन कल्ब लेप्जिगले टर्कीस कल्ब बासकशेर को सामना गर्ने छ । फ्रेन्च कल्ब रेनेले रसियन कल्ब क्रासनोडर को सामना आफ्नो घरेलु मैदानमा गर्ने छ। खेलको प्रत्यक्ष प्रसारण सोनी टेन स्पोर्टस नेटवोर्कमा हुनेछ।