एडिन्सन काभानी लाई ३ खेल को प्रतिबन्ध
म्यान्चेष्टर युनाइटेडका स्ट्राइकर एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ ।सामाजिक सञ्जाल इन्स्टाग्राममा रङ्गभेदी सम्बन्धि आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै उरुग्वेका ३४ बर्षिय यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ लाख पाउण्ड आर्थिक जरिमाना समेत गरिएको छ ।
काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए तर विवादमा आएपछि काभानीले उक्त पोस्टलाई हटाउँदै माफीसमेत मागेका थिए ।काभानीको प्रतिबन्ध तत्काल लागू हुने फूटबल एसोसियसन (एफ ए ) ले जनाएको छ ।
जसका कारण उनले नयाँ वर्षको दिन हुने प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेलका साथै काराबाओ कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध खेल गुमाउनेछन् ।
फ्रेन्च क्लब पि यस जि बाट यसै सिजन मात्र इङलिस क्लब म्यान्चेस्टर युनाईटेड आएका काभानी ले ९ खेल मा ३ गोल गरेका छ्न ।