प्रधानमन्त्री कप,जितेन्द्र को लागी फलिफाप

सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपका दौरान अफगानिस्तान बिरुद्धको खेलमा आफ्नो आकर्षक योर्कर बलिङ्गले गर्दा बिश्व का धेरै क्रिकेट कमेन्टेटर हरु लाई बिशेष प्रभाव पारेका मान्छे हुन जितेन्द्र मुखिया ।

उक्त खेलमा लगातार ६ योर्कर प्रहार गरेका जितेन्द्रलाई बिश्व क्रिकेटले तारिफ गर्यो । उक्त खेलमा म्यान अफ दि म्याच भएका उनको चर्चा बिश्वभरी भएको थियो । तर जिन्दगी सधै सोचेको बाटो मा कहाँ हिड्छ र त्यो ट्वान्टी ट्वान्टी बिश्वकप पछि नेपाल फर्केका जितेन्द्र को खेल जीवनले नसोचेको मोड ल्यायो ।

धेरै बर्ष को मेहनत त्याग तपस्या पछी मात्र राष्ट्रिय टोलीमा स्थान बनाएका उनलाइ बङ्गलादेशबाट फर्किएपछि ढाँडको समस्या सुरु भयो । तिब्र गतिका बलर लाई ढाड को समस्या आएपछि यो भन्दा दुखको कुरा के हुन्छ र त्यसपछि उनी दुई बर्ष भन्दा बढी उक्त चोटको कारण क्रिकेट खेलबाट पुरै टाढा हुन पुगे ।

आकल झुकल राष्ट्रिय प्रतियोगिताहरुमा देखिए पनि उनले कतै पनि आफ्नो प्रभाव छोड्न सकेनन । त्यस यता करण केसी र सोमपाल कामी राष्ट्रिय टोलीका खम्बा को रुपमा स्थापित भइसकेका थिए , नेपालले आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्दा करण र सोमपाल को जोडि खुब जम्यो , जितेन्द्र लाई सबैले बिर्सिए, न उनी राष्ट्रिय टोलीमा थिए न त समर्थकहरुको खोजीमा । उनी निरन्तर हराउदै गएको भान हुन थालेको थियो , धेरै ले भन्न थालिसकेका थिए अब जितेन्द्र को करियर सकियो ।

तर मान्छे को खराब समय सधै चल्ने पनि त होइन , शनिबार मात्र सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता मा सबैले बिर्सिसकेका उनै जितेन्द्र फेरी एकाएक चर्चा मा आए । टि यु मैदानमा हिजो सम्पन्न फाइनलमा उनै जितेन्द्र को जादु फेरि चल्यो । त्रिभुवन आर्मीले उपाधि चुम्दा उनै जितेन्द्र म्यान अफ द फाइनल चुनिए ।

९ ओभर बलिङ गरेका उनले ३७ रन खर्चदै तीन विकेट महत्वपूर्ण विकेट लिदा आर्मीले नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्यो र दोश्रो पटक प्रधानमन्त्री कपको बिजेता बन्न सफल भयो । समुह चरणको खेलमा आर्मीको पहिलो रोजाइ मा खासै मौका नपाएका उनले सेमीफाइनल र फाइनलमा उच्च प्रदर्शन गर्दै ७ विकेट लिए ।

आर्मीका मुख्य खेलाडीहरु करण केसि र सोमपाल कामी अबुधाबी टि–टेन लिग खेल्न गएपछि पनि उनलाइ आर्मी को पहिलो रोजाइ मा स्थान बनाउन सजिलो भयो । त्यसलाइ उनले भरपुर सदुपयोग मात्र गरेनन कोसे ढुङ्गा नै साबित गराइदिए ।
२०१४ को टि ट्वान्टी बिश्व कप मा सबैको मन जितेका जितेन्द्र २०२१ सम्म आउदा खेरी गुमनाम नै भएजस्तो भएको थियो ।

तर प्रधानमन्त्री कप को सेमिफाइनल र फाइनलमा उनले देखाएको उच्च प्रदर्शन लाई हेर्दा जितेन्द्र फेरि राष्ट्रिय टिम फर्किने सम्भावना देखाएका छ्न । तर अब उनको लागि त्यो बाटो फलाम को चिउरा चपाउनु जत्तिकै कठिन देखिन्छ ।

सिनियर राष्ट्रिय टोलि मा अहिले एक से एक तीब्र गतिका बलर हरु छ्न । सोमपाल कामी, करण के सी, अबिनाश बोहोरा ले आफ्नो ठाउँ सिमेन्ट जस्तै गरि कडा पारेर राखेका छ्न भन्दा फरक पर्दैन , त्यस्तै १९ बर्ष मुनिको टोली बाट कमल सिंह ऐरी , नन्दन यादव र किशोर महतो ले राष्ट्रिय टोलि को ढोका ढकढकाउन थालेको धेरै भैसकेको छ ।

केही नया युबा अनुहार हरु ले पनि उत्तिकै सम्भावना देखाएका छ्न त्यसमा कर्णाली प्रदेश का अनुज चुनारा र प्रदेश ३ का गौतम के सी को नाम अग्रस्थान मा आउँछ । अहिलेको यो अबस्था हेर्दा लाग्छ अब जितेन्द्र को रास्ट्रीय टोली मा कमब्याक सोचे जस्तो सजिलो छैन तर जिन्दगीमा असम्भव भन्ने के छ र ।

अब निकट भबिष्य मा हुने विभिन्न घरेलु प्रतियोगिता मा यो संस्कण को प्रधानमन्त्री कप मा जस्तो लय समाउन सके भने जितेन्द्र लाई फेरि चन्द्र सुर्य अन्कित रातो जर्सी मा फेरि देख्न पाइने कुरा मा कुनै दुइमत छैन । हाम्रो सुभकामना ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments