मेयर्स ११ लाई हराउदै एपीएफ फाइनलमा
बिभागिय टिम एपिएफ मेयर्स कप क्रिकेट को फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा काठमाडौं मेयर्स ११ लाई ७ विकेट ले हराउदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । मेयर्स ले दिएको १७८ रनको लक्ष्य एपिएफ ले ४४.१ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । एपीएफका लागि कप्तान शरद भेषावकर ले कप्तानी पारी खेल्दै ११८ बल मा सर्बाधिक अबिजित ६१ रन बनाए त्यस्तै सन्दीप जोरा ले ६२ रन बनाए भने शंकर राना ले ३३ रनको योगदान दिए । यस अघि मुलपानी क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको मेयर्स ११ ले ४८ ओभरमा सबै विकेट गुमाउदै १७७ रन बनाएको थियो ।
मेयर्स को लागि सन्दीप रजाली ले ४८ हरि शंकर शाह ले ३६ रन बनाउनु बाहेक अरुले खासै गतिलो प्रदर्शन गर्न सकेनन । बलिङ तर्फ एपीएफका कमल ऐरी र अबिनाश बोहोरा ले ३/ ३ तथा भुवन कार्की र शरद भेषावकर ले१/१ विकेट लिएका थिए । अब फाइनलमा एपिएफ को भेट अर्को बिभागिय टोलि नेपाल पुलिस संग हुने छ । फाइनल खेल पर्सि शनिबार हुने छ ।