बेल्जियम क्वाटरफाइनलमा , पोर्चुगल बाहिरियो

साविक विजेता पोर्चुगललाई हराउँदै बिश्व नम्बर १ टिम बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्पेन को सेभिल्ले मा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै साबिक बिजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियम को भेट क्वार्टर फाइनलमा इटलीसँग हुनेछ । अस्ट्रियालाई हराउँदै इटाली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments