डेनमार्क लाई हराउँदै इङ्ल्यान्ड युरो कपको फाइनलमा

अतिरिक्त समयमा डेनमार्क लाई २-१ ले हराउँदै इङ्ल्याण्ड इतिहासकै पहिलोपटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । लन्डन को वेम्बली रंगशाला मा भएको खेलमा घरेलुु टोलि इङ्ल्याण्ड लाई जिताउन कप्तान ह्यारी केन ले खेलको १०४ मिनेटमा गोल गरेका थिए । रहिम स्ट्रलिङ लाई डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टी मिस गरेका उनले रिबाउन्ड मा गोल गर्न सफल भए । यस अघि खेलमा अग्रता भने डेनमार्क ले लिएको थियो । मिकेल डाम्सगार्ड ले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै पाहुना टोलि लाई अग्रता दिलाए पनि ३९ औ मिनेटमा डेनमार्क का कप्तान सिमोन केजार ले आत्मघाती गोल गरेपछि खेल एक एक को बराबरी मा पुगेको थियो । अब आइतबार हुने फाइनल खेलमा इङ्ल्याण्ड ले इटाली को सामना गर्ने छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments