ओलम्पिक फूटबल को स्वर्ण पदक ब्राजिल लाई

स्पेन लाई हराउदै ब्राजिल ले ओलम्पिक फुटबलको स्वर्ण पदक जितेको छ । जापान को टोकियो मा सम्पन्न फाइनलमा ब्राजिल ले स्पेनलाई २–१ गोलले हराउँदै स्वर्णपदक जितेको हो ।

ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक/एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टी ब्राजिलले सदुपयोग गर्न सकेको थिएन । तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल भयो । ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १/१ को बराबरीमा सकियो ।

अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाउन सफल भए । ब्राजिल ले ओलम्पिक प्रतियोगिता मा फूटबल तर्फ स्वर्ण पदक जितेको यो लगातार दोस्रोपटक हो

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments