नेपाल पुलिस को शानदार जित

नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी ए डिभिजन क्रिकेट सुपर लिग प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ । डब्लुसिसी ले दिएको ६३ रनको झिनो लक्ष नेपाल पुलिस क्लब ले ७.४ ओभरमा बिना कुनै विकेट को क्षती मा पूरा गर्यो । पुलिस का लागि ओपनर सुनिल धमला ले ३० बल मा २९ र अमित श्रेष्ठ ले १७ बल मा २१ रन बनाए । यस अघि पहिलो ब्याटिङ गरेको डब्लुसीसी ले २४.५ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ६२ रन मात्र बनाउन सक्यो । डब्लुसीसी लाई सस्तै मा समेट्न नेपाल पुलिस का राशिद खान, अनिल खरेल र सागर ढकाल ले २/२ तथा योगेन्द्र सिंह कार्की र गुल्सन झा ले १/१ विकेट लिए । सिक्किम क्रीकेट एसोसिएसन को आयोजना मा भएको प्रतियोगिता मा नेपाल पुलिस क्लब पाहुना टोलि को रुपमा यस प्रतियोगिता मा सहभागिता जनाउन सिक्किम गएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments