फिफा अन्तराष्ट्रिय महिला फुटबल श्रंखलाको उपाधि नेपाललाई
फिफा अन्तराष्ट्रिय महिला फुटबल श्रंखलाको उपाधि नेपालले जितेको छ । दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई पराजित गरेको हो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई टाइब्रकेरमा ४-२ ले पराजित गर्दै उपाधि जितेको छ ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन् ।
यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेशले एक-एक गोलको बराबरी खेलेका थिए ।