रियल म्याड्रीड र म्यान सिटी च्याम्पियन्स लिग को क्वाटर फाइनलमा

स्पानीस क्लब रियल म्याड्रीड र ईंग्लिश क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग को क्वाटर फाइनलमा प्रवेश गरेका छ। गए राती सम्पन्न खेलमा रियल म्याड्रीड ले इटालियन क्लब एट्लानटा लाई समग्र मा ४-१ ले पराजित गर्यो । पहिलो लेग मा एक एक को बराबरी खेलेको रियल ले दोश्रो लेग मा ३-१ को स्पष्ट जित निकाल्यो । रियल को जितमा सर्जियो रामोस ,करिम बेन्जेमा र मार्को एसेन्सियो ले १/१ गोल गरे । त्यस्तै प्री क्वाटर फाइनल अन्तर्गत कै अर्को खेलमा ईंग्लिश क्लब म्यान्चेस्टर सिटी ले जर्मन क्लब बोरुसिया मोन्चेङ्लाड्बाक लाई समग्र मा ४ शुन्य ले पराजित गर्यो । पहिलो लेग मा २-० ले खेल जितेको सिटी ले दोश्रो लेग मा पनि २-० को नतिजा निकाल्यो । सिटि को जितमा केभिन डि ब्रुने र इकाइ गुन्डोगान ले एक एक गोल गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments