एपिएफ फाइनलमा नेपाल पुलिस पराजित

बिभागिय टोलि एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट को फाइनलमा प्रवेश गरेको छ । एपीएफ ले नेपाल पुलिस क्लब लाई ३० रनले पराजित गरेको हो ।

एपिएफ ले दिएको २०४ रनको लक्ष्य लिएर जबाफी ब्याटिङ गरेको नेपाल पुलिस १७३ रन मा अल आउट भयो । नेपाल पुलिस को लागि पवन सराफ ले सर्बाधिक ४० रनको योगदान दिए भने दिपेन्द्र सिंह ऐरी ले ३३ रन बनाउन सफल भए । बलिङ मा भुवन कार्की ले ४ विकेट हात पार्दा कमल ऐरी, अभिनाश बोहोरा र शरद भेषावकर ले समान २/२ विकेट लिए ।
अब एपिएफ ले भोलि हुने बागमती प्रदेश र नेपाल आर्मी बिचको बिजेता संग फाइनल खेल खेल्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments