ओमन टुरको लागि नेपाली टोलि घोषणा गुलसन झा नया अनुहार

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि १९ जना खेलाडी लाई बन्द प्रशिक्षणको लागि बोलाएको छ ।

लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिका बिचको त्रिकोणात्मक सिरिज ओमानमा हुँदैछ । यसका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो, नेपाल पुलिस क्लब का उदयीमान खेलाडी गुल्सन झा लाई पहिलोपटक राष्ट्रिय टिम मा बोलाइएको छ।

यस्तै अन्य खेलाडी मा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने कमल सिंह ऐरी, अविनाश बोहोरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन शराफ र रोहित कुमार पौडेल लाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ । सेप्टेम्बर को दोश्रो हप्ता देखि हुने भनिएको प्रतियोगिता को मिति भने तय भैसकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments